• ४ असोज २०८३, आइतबार
  • १०ः४३ राती

नेपाल समूहमा छलफल ओली बिनाको एमाले बनाउन सकिन्छ, केन्द्रीय कमिटी र संदीय दलमा हाम्रै बहुमत पुग्छ

प्रकाशित मिति

२०७८ श्रावण ५ गते, मंगलवार ०८:३९

५ साउन, २०७८ काठमाडौँ :  नेकपा (एमाले) को माधव नेपाल समूहमा साविकको पार्टी भित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

National Life

केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।


उनले ‘केन्द्रीय सदस्यहरुको राय सुन्दा १५ दिन भित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ। सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानुन व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए । ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं,’ उनले भने, ‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । कानुनले दिन्छ भने त्यहाँसम्म पनि जान्छौं ।’


सरकारमा जानेबारे भने सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा गए वाफत सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने चौधरीले बताए ।

प्रतिकृया