• ४ असोज २०८३, आइतबार
  • ११ः२८ राती

केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु

प्रकाशित मिति

२०७८ असार ११ गते, शुक्रबार ०७:२७

केकी अधिकारी

National Life

काठमाडौं :अभिनेत्री तथा निर्मात्री केकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटीमा पर्छिन् । उनी समय–समयमा समसामयिक राजनीतिकदेखि लिएर सामाजिक विषयबस्तुमा फेसबुकमा आफ्ना विचार सार्वजनिक गरिरहन्छिन् ।


यिनै केकीले शुक्रबार फेसबुकमा एक स्टाटस लेखिन् । उनको स्टाटसले नेपालमा सदियौंदेखि रहँदै आएको जातीय विभेदप्रति लक्षित थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबैभित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ । आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफैं भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्’, उनले लेखेकी छन् ।


उनले आफूबाट कहिँ कतै यस्ता खालका गल्ती भएको भए माफी दिन आग्रहसमेत गरेकी छन् । केही समयअघिमात्र ‘जात’कै कारण कोठा नपाएको भन्दै रुपा सुनारले प्रहरीमा उजुरी दिएपछि सामाजिक सञ्जालदेखि अन्य क्षेत्रमा यसले बहसको विषय पाएको थियो ।


उजुरी परेपछि आफूलाई कोठा नदिएको भनिएकी सरस्वती प्रधानलाई प्रहरीले नियन्त्रणमा लिए पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको रोहबरमा उनी रिहा भएकी थिइन् ।

प्रतिकृया