• ३ असोज २०८३, शनिबार
  • १०ः२५ राती

अरनिको राजमार्ग जोडने सडक विस्तार र कालोपत्र गर्न सांसद बस्नेतद्वारा शिलान्यास

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार १०:२२

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर विकासको हिसावले देशकै उत्कृष्ट र नेतृत्वदायी भएको बताउनुभएको छ ।

National Life

संघिय सरकारबाट विनियोजित रु ६ करोडको लागतमा सूर्य्विनायक नगरपालिका वडा नं. १० चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोडने सडक विस्तार र कालोपत्र गर्न शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकासको लागि जनतालाई भन्दा पनि बढी जनप्रतिनिधिलाई चासो भएको बताउनुभयो ।

भक्तपुरको विकास अघि बढिसकेकोले पछाडी फर्कने समय नभएको बताउँदै विकास विरोधी तत्वहरु तत्काल जनताको शरणमा आउने दिन आएको बताउनुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले निर्वाचनको समयमा गरेको प्रतिवद्धताहरु शतप्रतिशत पुरा गर्दै गएको बताउँदै विकासमा पहलकदमी र स्रोत साधनको परिचालनलाई विशेष महत्वका साथ ध्यान दिने नेतृत्वको आवश्यक रहेको बताउनुभयो ।

आगामी चार वर्षमा भक्तपुर देशकै विकसित जिल्ला मात्र नभई सवैको खोजी र प्रेरणादायी जिल्लाको रुपमा विकास गराउने समेत बताउनुभयो ।

भक्तपुरमा सडकको लागि मात्र करिब ५६ करोड रुपैंया ल्याउन सफल भएको जानकारी गराउँदै सांसद बस्नेतले एक वर्ष अघि विदेश गएर अहिले आएका छन् भने हाम्रो गाउँ यही होर भन्ने अवस्थाको सिर्जना भएको बताउनुभयो । उहाँले विकासको सन्दर्भमा तीन वटै सरकारको नेतृत्वदायी भूमीका निर्वाह गर्नु नै भक्तपुरको समृद्धिको चाहना पुरा हुँदै गएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार युवाहरुलाई रोजगारीको वातावरण सिर्जना भएको बताउँदै फरक विचार राख्ने केही तत्वले अनावश्यक तथा हावादारी समाचार संम्प्रेषण गरि जनतालाई भ्रम फैलाउने घृणीत प्रयास गरेको तर जनता स्पष्ट रुपमा जानकार रहेको बताउनुभयो ।

सांसद बस्नेतको विशेष पहलमा भक्तपुरमा संघिय सरकाबाट रु पाँच करोड भन्दा बढी लागतमा निर्माण शुरु भएका १० सडकहरु रहेको छन् ।

जसमा चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुदै अरनिको राजमार्ग जोडने सडक, ध्याम्पेडाँडा हुँदै रानीकोट जाने सडक, चारदोवाटो देखी बालकोट जोने सडक, बालकोट हुँदै सिरुटार – विरुवा सडक, खहरेबाट गुण्डु बसर्पाक सडक, गुण्डुको तिनधारे हुँदै वडा कार्यालय जाने सडक, लोगो गार्मेनहुँदै कृषि तालिम केन्द्र जाने सडक, दधिकोट तर्खागाल जाने सडक, ज्योती लिङ्गेश्वर हुँदै झौखेल जाने सडकलगायतका रहेका छन्।

व्यक्ति हाइलाईट हैन, जनताकोबीचमा हाइलाईट हुने प्रकारको काम गर्नुपर्ने बताउँदै सांसद बस्नेतले विकासबाट आत्तीएर सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्नेको पछि लाग्नु जरुरी नभएको बताउनुभयो ।

प्रतिकृया