• २३ भदौ २०८३, मंगलबार
  • १२ः५३ दिउँसो

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरु , रोजगारीका थुप्रै अवसरहरु श्रृजना हुने

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०४:४०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ऐतिहासिक विकासका काम देखेर विपक्षीहरुलाई डाहा लागेको बताउँदै सरकारले कुनै पनि समस्या हेरेर बस्ने नभई नतिजामूखी काम गरेर देखाउने बताउनुभएको छ ।

National Life

भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले के गरेर बसेको छ ? भनि प्रश्न गर्ने विपक्षीलाई बोलेर भन्दा पनि नतिजामूखी काम गरेर देखाउने बताउँदै सोही कार्य अनुरुप बेरोजगारीलाई रोजगारीको ज्ञारेन्टी गर्ने कार्यको आजदेखी शुभारम्भ गरिएको बताउनुभयो । उहाँले बेरोजगारलाई सरकारले घर-घर पुगेर रोजगारी दिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

आगामी दिनमा नेपाल गरिव तथा बेरोजगार भएको देश भनेर बस्न नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले विभिन्न मुलुकमा रोजगारीको लागि जनशक्ति सप्लाई गर्ने नभई अन्य मुलुकका जनशक्ति नेपालमा ल्याई काम गर्ने वातावरणको खोजीमा सरकार तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि सरकारले राम्रो काम नगर्दा विपक्षीले विरोध गर्ने परिपाटी भए पनि अहिले राम्रो काम गरेको देखेर विपक्षीहरु डाहाले विरोध गरिरहेका छन् ।’

पछिल्ला दिनहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगार युवालाई रोजगार दिने योजनाहरु सार्वजनिक भएपनि कतिपयले ४० लाख नेपाली युवा विदेशमा भौतारिएका छन् सरकार के हेरेर बसेको छ ? भन्ने प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो,–‘यो सरकारले युवालाई विदेश पठाएको छैन, सरकार हेरेर बसेको पनि छैन, सरकार त्यस समस्याको समाधान खोजेर बसेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम त्यसको एउटा उदाहरण हो ।’

रोजगारीका थुप्रै अवसरहरु कसरी श्रृजना गर्न सकिन्छ भन्ने उदेश्यले काठमाडौ महानगरपालिकाले एउटा लामो छलफल पश्चात ५ सय ४० जना युवासँग तालिम लिएर नयाँ नयाँ योजनाहरु माथिपनि छलफल चलिरहेको प्रधानमन्त्रीले बताउनुभयो ।

योजनामा ‘कामका लागि पारिश्रमिक’ मा आधारित सामुदायिक आयोजना कार्यान्वयनको बिहीबार शुभारम्भ भएको हो । सूर्यविनायकबाट कटुञ्जे-तीनधारा सडक निर्माण सुरु गरेर प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा दुई करोड ४६ लाख रुपैयाँ छुट्याएको छ । सूर्यविनायक नगरपालिकाबाट ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमि नगरपालिकाबाट ७६ जनाले रोजगारीका लागि आवेदन दिएका छन् ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बेरोजगार युवालाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको बताउनुभयो ।

यो आर्थिक वर्षमा आंशिक रुपमा रोजगार कार्यक्रम सञ्चालन भए पनि आउँदो वर्षदेखि देशभर कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरी कार्यक्रम सञ्चालन गरिने पनि मन्त्री विष्टले बताउनुभयो ।

शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ । कामप्रति सम्मान जगाउने भावनाको विकास गर्न रोजगार कार्यक्रम फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा नै युवाको योग्यता, क्षमता तथा दक्षताको आधारमा नेपालमा नै रोजगारीको वातावरण सिजर्ना गर्ने घोषणालाई आजदेखी व्यवहारिकतामा लागु भएको बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम आफ्नो गाउँ आफै बनाउँ भन्ने मान्यतासँग जोडिएको बताउँदै उहाँले गाउँमा हुने विकास निर्माणका कार्यहरुमा उक्त कार्यक्रम लागु गरिने जानकारी गराउनुभयो । उक्त कार्यक्रम अन्र्तगत काम गर्ने युवाहरुले न्युनतम ७ सय रुपैंया पाउने बताउँदै सांसद बस्नेतले रोजागरी बैंकको स्थापना गरी रोजगारीको खोजी गर्ने र रोजगार दातासँग समन्यव गर्ने प्रकारको आधुनिक प्रविधिको विकास गरि कुनै पनि युवाहरु रोजगार विहिन हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

गाउँघरमा आमा बुवा काम गर्ने मानिसको खोजीमा हुनुहुन्छ, छोरा छोरी जागिरको खोजीमा नेताको पछि दैडिने प्रवृत्तिको अन्त्य हुनेपर्नेमा उहाँको जोड रहेको थियो । त्यसैले आफ्नो क्षमता अनुसारको काम गर्ने वातावरणको सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमले कामदार र कामदाताको पुलको रुपमा महत्वपूर्ण भूमीका खेल्ने बताउनुभयो ।

कतिपय मिडियाले अनावश्यक रुपमा प्रचार बढी भयो भनि प्रचार गरेको बताउँदै सांसद बस्नेतले हनुमन्ते नदीको सफाई अभियानले श्रम र मन प्रतिको सम्मान गरेको बताउनुभयो।

भक्तपुरले देखेको सपना पुर्याउन नेपाल सरकारले विशेष प्राथमिकता दिएको सरकारलाई विशेष धन्यवाद समेत दिनुभयो । उहाँले सरकारले लोकप्रिय बजेट ल्याएको बताउँदै उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु राष्ट्रिय सभागृह, आधुनीक वीर अस्पताल, स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, कोटेश्वरमा सुरुङ मार्ग, अरनीको राजमार्गको चौडाई विस्तारलगायतका ठूला ठूला आयोजनाहरु समेटेको जानकारी गरानुभयो ।

उहाँले आधुनिक प्रविधियुक्त कृषि प्रणालीको विकास गरे करिव १२ लाख भन्दा बढीले रोजगारी पाउने, निर्माण भइरहेका क्षेत्रमा नेपाली युवालाई परिचालन गर्ने हो भने सात लाख युवालाई रोजगारी सिर्जना गर्न सकिने, भौतिक संरचना निर्माणको लागि विदेशी कामदार नेपालमा ल्याई काम गर्न लगाइरहेको वर्तमान समयमा त्यसलाई नेपाली जनशक्ति नै प्रयोग गरे पाँच लाख भन्दा बढी युवालाई रोजगारीको व्यवस्था गर्न सकिने बताउनुभयो ।

 

फोटो फिचर

 

प्रतिकृया