• ५ असोज २०८३, सोमबार
  • ११ः१४ बिहान

१ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०२:४९

१९ जेठ २०८३ काठमाडौं – दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म पनि सुरु हुन सकेको छैन। प्रधानमन्त्री बालेन्द्र शाह ले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच विवाद चर्किएपछि बैठक प्रभावित भएको हो।

National Life

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको तथ्य सार्वजनिक गर्न वा तथ्य पुष्टि गर्न नसके माफी माग्नुपर्ने अडान राखेका छन्। तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा सहमत नभएपछि बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। साथै आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यक्रम पनि तय गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले वक्तव्यसहित बजेटमाथिको सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी छ। तर सत्ता र विपक्षी दलबीच जारी विवादका कारण प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।

प्रतिकृया