• ५ असोज २०८३, सोमबार
  • ११ः२३ बिहान

ओली र रमेश लेखक हाजिर जमानीमा रिहा

प्रकाशित मिति

२०८२ चैत्र २६ गते, बिहीबार ११:५१

२६ चैत,२०८२ काठमाडौं – सर्वोच्च अदालतको परमादेश अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सरकारी वकिलको सहमतिमा “खोजी भएको बेला उपस्थित हुने” शर्तमा दुवै जनालाई रिहा गर्ने निर्णय गरिएको हो।

National Life

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको सिफारिसपछि उनीहरूलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो। सो क्रममा काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद लिएर हिरासतमा राखिएको थियो।

यसबीच बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चौथो पटक म्याद नथप्न र अनुसन्धान पूरा नभएमा हिरासतबाट मुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेशअनुसार चैत २५ पछि उनीहरूलाई रिहा गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्चले अनुसन्धान जारी राख्ने तर आवश्यक परेमा मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार प्रक्रिया पूरा गर्न पनि निर्देशन दिएको छ। जेनजी प्रदर्शनका क्रममा बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनापछि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई जिम्मेवार ठहर गर्दै अनुसन्धान अघि बढाइएको थियो।

हाल ओली स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी गणमा राखिएको थियो।

प्रतिकृया