• ३ साउन २०८३, आइतबार
  • ४:४२ बेलुका

जमलमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा मोटरसाइकलमा लाग्यो आगो

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार ०१:२२

१३ माघ,२०८२ काठमाडौं – काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन सवारी साधन ठोक्किँदा दुर्घटना भएको छ। स्थानीय प्रहरीका अनुसार करिब साढे १२ बजेको समयमा मोटरसाइकल, स्कुटर र माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

ठक्करपछि मोटरसाइकलमा आगो समेत लागेको थियो, जसलाई तत्काल नियन्त्रणमा लिइएको छ। दुर्घटनामा एक जना व्यक्ति घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल लगिएको छ।

Kamana Sewa

प्रतिकृया