• ५ असोज २०८३, सोमबार
  • ११ः२६ राती

सर्लाहीसँग दीर्घकालीन सम्बन्ध गाँस्न चाहन्छु, मत माग्न मात्र आएको होइन : गगन थापा

प्रकाशित मिति

२०८२ माघ १३ गते, मंगलवार १२:०८

१३ माघ,२०८२ सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीका जनतासँग मत माग्न मात्र नभई यहाँको माटो र मानिससँग दीर्घकालीन सम्बन्ध गाँस्न आएको बताएका छन् ।

National Life

मंगलबार बलरा नगरपालिकामा आयोजित कार्यक्रममा सर्लाही–४ का उम्मेदवारसमेत रहेका थापाले चुनावमा मात्र देखिने पाहुना नेता नबन्ने स्पष्ट पारे । ताली पाउनका लागि नाटक नगर्ने भन्दै उनले जनप्रतिनिधि भएपछि स्थानीय भाषा सिकेर जनतासँग आत्मीय सम्बन्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

आफू नौटङ्कीभन्दा काममा विश्वास गर्ने नेता भएको उल्लेख गर्दै थापाले सर्लाही–४ का जनताको साथी र छोरा बनेर काम गर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया