• ३ असोज २०८३, शनिबार
  • १०ः२९ राती

हर्क साम्पाङले धमाधम टिकट बाँड्दै

प्रकाशित मिति

२०८२ पुष ३० गते, बुधबार ०२:३३

३० पुस,२०८२ काठमाडौं – प्रधानमन्त्री बन्ने घोषणा गर्दै श्रम संस्कृति पार्टी गठन गरेका धरानका मेयर हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम टिकट वितरण गरिरहेका छन्। साम्पाङले उम्मेदवारहरूलाई धरानमै बोलाएर सम्पर्क सचिवालयमार्फत प्रत्यक्षतर्फका टिकट प्रदान गरिरहेका छन्।

National Life

पार्टीका महासचिव आरेन राईका अनुसार कोशी प्रदेश (१ नम्बर) र बागमती प्रदेश (३ नम्बर) का अधिकांश जिल्लामा उम्मेदवार टुंगिसकेको छ भने बाँकी क्षेत्रमा पनि उम्मेदवार छनोटको प्रक्रिया जारी छ। श्रम संस्कृति पार्टीले देशभर प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिने तयारी गरेको जनाएको छ।

साम्पाङले हालसम्म टिकट दिएका उम्मेदवारहरूमा धनकुटाबाट सानबहादुर राई, काठमाडौं–१ बाट समीर तामाङ, काठमाडौं–७ बाट मणिराम प्रधान, झापा–१ बाट केबलराम राई, झापा–२ बाट केशब भण्डारी, झापा–३ बाट दीपक तिम्सिना, झापा–४ बाट अमृता राई रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी रामेछामबाट ढालबहादुर मगर, ताप्लेजुङबाट सन्तोष राई, पाँचथरबाट ब्रबिम शेर्मा, संखुवासभाबाट उमा राई, उदयपुर–२ बाट बलराज राई, भोजपुरबाट ध्रुब राई, मोरङ–१ बाट शान्ति पाख्रिन र सोलुखम्बुबाट बियस राईलाई टिकट प्रदान गरिएको छ।

प्रतिकृया