सञ्चारमन्त्री खरेलको सक्रिय दौडधुप: सबै दलका शीर्ष नेतासँग किन गर्दै छन् भेटवार्ता ?
प्रकाशित मिति
२०८२ पुष ११ गते, शुक्रबार ०१:२०
सञ्चारमन्त्री खरेलको ओलीसँग भेट
११ पुस,२०८२ काठमाडौं— सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। शुक्रबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेका मन्त्री खरेलले अध्यक्ष ओलीसँग आसन्न निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्।
यसअघि मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका थिए। त्यस्तै, आजै उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
निर्वाचनको मिति नजिकिँदै गए पनि दलहरूले चुनावी वातावरण नबनेको भन्दै सक्रिय सहभागिता नजनाएपछि सरकारले संवादलाई निरन्तरता दिँदै प्रमुख दलहरूसँग छलफल अगाडि बढाएको जनाएको छ।






प्रतिकृया