कार्की सरकारमाथि आरोप–जेनजी मुभमेन्टले माग्यो तत्काल राजीनामा
प्रकाशित मिति
२०८२ मंसिर ८ गते, सोमबार १०:४७
मंसिर ८, २०८२ काठमाडौं – जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू लिँदै भ्रष्टाचार, पक्षपात र कुशासनलाई बढावा दिएको आरोप लगाउँदै सरकारलाई सार्वजनिक रूपमा बहिष्कार गर्ने आह्वान गरेको छ।
सोमबार जारी गरिएको विज्ञप्तिमा उर्जामन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, महान्यायाधिवक्ता सविता बराल भण्डारी, गृहमन्त्री ओमप्रकाश अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिवसँग सम्बन्धित विभिन्न विवाद उल्लेख गर्दै मुभमेन्टले सरकारको नैतिक वैधता समाप्त भएको दाबी गरेको छ।
विज्ञप्तिमा उर्जा क्षेत्रमा ४३ करोडको नोक्सानी, गैरकानुनी कर छुट, किशोरीहरूको डिम्ब बिक्री प्रकरण, आफन्तलाई नियुक्ति तथा सशस्त्र प्रहरीमा दरबन्दी दुरुपयोगजस्ता आरोप लगाइएको छ।
संगठनले यी घटनाहरूले सुशासन र पारदर्शिताको भावना कुण्ठित भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीलाई तत्काल पदबाट राजीनामा दिन आग्रह गरेको छ।
“सत्ता कब्जा गरेर बनेको यो सरकारले जनआकांक्षा दमन गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “हामी सम्पूर्ण देशवासीलाई कार्की सरकार र मन्त्रीपरिषद्को सार्वजनिक बहिष्कार र अवज्ञा गर्न आह्वान गर्छौँ।”







प्रतिकृया