सभा रोक्ने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने : अध्यक्ष ओली
प्रकाशित मिति
२०८२ मंसिर ३ गते, बुधबार ०४:२२
मंसिर ३, २०८२ काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा–सभा रोक्ने सरकारले निष्पक्षरूपमा चुनाव गराउँछ भन्नेमा भरोसा गर्न नसकिने टिप्पणी गरेका छन्। बुधबार काठमाडौंमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले सरकारले अभिव्यक्ति तथा राजनीतिक गतिविधिमा अवरोध पुर्याइरहेको आरोप लगाए।
बाराको सिमरामा जेनजेड समूहद्वारा गरिएको अवरोधलाई उदाहरण दिँदै ओलीले भने, “बारामा हाम्रो युवा भेला थियो। सिमरा एयरपोर्ट बन्द भयो। हाम्रा नेताहरू जान पाएनन्। एयरपोर्टमै तोडफोड गर्न दिइयो। ५०–६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि भन्छ चुनाव गर्ने रे? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?”
अध्यक्ष ओलीले सरकारले नियोजित रूपमा विपक्षी दलका गतिविधि रोक्ने प्रयास गरिरहेको दाबी गर्दै यसले चुनावको विश्वसनीयता नै कमजोर बनाउने खतरा रहेको बताए।






प्रतिकृया