• ४ असोज २०८३, आइतबार
  • ८ः४६ राती

नेपाल टेलिकमको खुद नाफा घट्यो, पहिलो त्रैमासमा १ अर्ब ३२ करोड कमाइ

प्रकाशित मिति

२०८२ मंसिर १ गते, सोमबार ०१:४७

मंसिर १, २०८२ काठमाडौं—  नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ।

National Life

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका अनुसार आम्दानी घट्नु नै नाफा घट्ने मुख्य कारण हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ०.०१ प्रतिशत र वित्तीय आम्दानी ४८.९९ प्रतिशत घटेको छ। कुल आम्दानी ५.८९ प्रतिशतले घटेको जानकारी दिइएको छ।

नाफासँगै कम्पनीको प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ। असोज मसान्तसम्म कम्पनीको प्रति शेयर नेटवर्थ ५०५ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य-आम्दानी अनुपात २८.७२ गुणा कायम छ। कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया