संविधान दिवसको अवसरमा शीतलनिवासमा चियापान कार्यक्रम, को-को पुगे ?
प्रकाशित मिति
२०८२ आश्विन ३ गते, शुक्रबार ०६:३४
असोज ३, २०८२ काठमाडौं– संविधान दिवस २०८२ को अवसरमा शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वसांसद तथा जनआन्दोलनका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा पूर्वराष्ट्रपतिहरू डा. रामवरण यादव र विद्यादेवी भण्डारी, अन्तरिम सरकारकी पूर्वप्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल लगायतका नेताहरू सहभागी भएका थिए।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, संवैधानिक अंगका पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
शीतलनिवासमा आयोजित यो चियापान कार्यक्रमले राजनीतिक सहकार्य र सम्वादको सन्देश दिएको आयोजकले जनाएका छन्






प्रतिकृया