ग्लोबल पिस इन्डेक्समा नेपालको फड्को, भारतको स्थिति कमजोर
प्रकाशित मिति
२०८२ भाद्र १५ गते, आईतवार ०५:३९
भदौ १५,२०८२ काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय स्तरमा फेरि एक पटक आफैंलाई प्रमाणित गर्दै सुरक्षित देशको सूचीमा उल्लेखनीय फड्को मारेको छ। ग्लोबल पिस इन्डेक्स २०२५ अनुसार नेपाल अघिल्लो वर्षको ८०औँ स्थानबाट उक्लिँदै यस वर्ष ७६औँ स्थानमा पुगेको छ।
यो सूचकांकमा १६३ स्वतन्त्र देश र क्षेत्र समावेश गरिएका छन्, जसले विश्व जनसंख्याको ९९.७ प्रतिशत प्रतिनिधित्व गर्छ। सूचकांक सामाजिक सुरक्षा, घरेलु तथा अन्तर्राष्ट्रिय विवाद, र सैन्यीकरणका आधारमा तय गरिन्छ।
आइसल्यान्डले निरन्तर रूपमा २००८ देखि नै विश्वको सबैभन्दा शान्तिपूर्ण देशको स्थान कायम राख्दै फेरि शीर्ष स्थान हासिल गरेको छ। कम अपराध दर, बलियो सामाजिक विश्वास र सेनाको अभाव यसको प्रमुख कारण मानिएको छ।
आइसल्यान्डपछि शीर्ष १० मा आयरल्यान्ड, न्युजिल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, स्विट्जरल्यान्ड, सिंगापुर, पोर्चुगल, डेनमार्क र स्लोभेनिया रहेका छन्। युरोप फेरि पनि विश्वकै सबैभन्दा शान्तिपूर्ण क्षेत्रका रूपमा देखिएको छ।
यसपटक उप–सहारा अफ्रिका र मध्यपूर्वका धेरै देशहरू कम शान्तिपूर्ण सूचीमा परेका छन्। रुस, युक्रेन, सुडान, कंगो र यमन सूचकांकको तलको भागमा छन्। दक्षिण अफ्रिकामा पनि शान्तिमा उल्लेखनीय गिरावट आएको छ भने बंगलादेश र पाकिस्तान जस्ता देशहरूमा नागरिक अशान्ति र दमनका कारण सूचकाङ्क खस्किएको छ।
रिपोर्टअनुसार, द्वन्द्वको संख्या दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको छ। यस वर्ष मात्र विश्वमा तीनवटा नयाँ द्वन्द्व भड्किएका छन्।






प्रतिकृया