• ५ असोज २०८३, सोमबार
  • ११ः०५ बिहान

अराजकता बढ्दा सामाजिक सञ्जाल नियमन अपरिहार्य – शंकर पोखरेल

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०१:४५

भदौ २,२०८२ कञ्चनपुर – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा अराजकता बढेकाले सरकारले त्यसलाई नियन्त्रण गर्न खोजिरहेको बताएका छन्। सोमबार पत्रकारहरूसँगको कुराकानीमा उनले सामाजिक सञ्जालले आमसञ्चार माध्यम कमजोर बनाएको र स्वतन्त्रताको नाममा अराजकता बढेको बताउँदै सरकारले नियन्त्रण गर्न खोजेको दाबी गरे।

National Life

पोखरेलले पछिल्लो समय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक सूचनाको हकलाई सुनिश्चित गर्ने उद्देश्यले बनाइएको बताए। उनले भने, “लोकतन्त्रका लागि लडेका पार्टीले संविधानको हक कुण्ठित हुने कानुन बनाउँदैन, त्यसमा ढुक्क हुनुस्।”

प्रतिकृया