• ४ असोज २०८३, आइतबार
  • ११ः५७ राती

प्रधानमन्त्री ओलीद्वारा मधेशमा ५०० डिप बोरिङ सुरु भएको घोषणा

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार ०३:१८

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका ८ जिल्लामा ५०० वटा डिप बोरिङ खन्ने काम सुरु भइसकेको घोषणा गरेका छन्।

National Life

सिंचाइ सुविधामा पहुँच विस्तार गर्न केन्द्र सरकारले सुख्खाग्रस्त घोषणा गरेका जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले किसानलाई सिँचाइका लागि प्रतियुनिट बिजुलीको मूल्य ३ रुपैयाँ मात्र लाग्ने जानकारी दिएका छन्।

उक्त योजनाले मधेशका किसानलाई राहत दिने र कृषि उत्पादनमा सुधार ल्याउने विश्वास गरिएको छ। साथै, सुख्खाग्रस्त क्षेत्रलाई दिगो सिंचाइ प्रणालीमा लैजाने सरकारको प्राथमिकता रहेको प्रधानमन्त्री ओलीले बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया