• ४ असोज २०८३, आइतबार
  • ११ः५६ बिहान

रास्वपाको संसदीय दलको बैठक भैरहवामा जारी

प्रकाशित मिति

२०८२ श्रावण १४ गते, बुधबार ०२:३६

श्रावण १४, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीको भैरहवास्थित होटल रमादामा जारी छ। सहकारी ठगी आरोपमा जेलमा रहेका सभापति रवि लामिछानेलाई भेटेपछि नेता तथा सांसदहरू बैठकमा सहभागी भएका हुन्।

National Life

बैठकमा संसदको गतिविधि, भिजिट भिसा प्रकरण, भ्रष्टाचार विरुद्धको अडान, विधेयकहरूप्रति धारणा लगायत विषयमा समीक्षा गरी आगामी रणनीति तय गरिने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठकपछि सांसदहरू हस्ताक्षर अभियानमा सहभागी हुनेछन् भने मतदाताको मनोभावना बुझ्न र संगठन सुदृढ गर्न स्थानीय नेताहरूसँग छलफल गरिनेछ। रुपन्देही क्षेत्र नम्बर ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ, जसका लागि उम्मेदवारबारे छलफल पछि गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया