• ४ असोज २०८३, आइतबार
  • ६ः०६ बेलुका

मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ०९:१७

काठमाडौँ । मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको हो ।

National Life

सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए ।

मुख्यतः गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीविरुद्ध देशभरका यातायात व्यवसायी सार्वजनिक सवारी बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । आज भएको वार्तामा यातायात व्यवसायीले उक्त नियमावली स्थगित गरे आफूहरू पनि तत्काल आन्दोलन स्थगित गर्न तयार रहेको बताएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया