• ४ साउन २०८३, सोमबार
  • १:२६ बिहान

असई कुन्जाङले चढिन् सगरमाथा

प्रकाशित मिति

२०८२ जेष्ठ ५ गते, सोमबार ०२:३७

काठमाडौं – नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन् । सोमबार बिहान ८ः५६ बजे उनले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन् । आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन् ।

प्रहरी महानिरीक्षक दिपक थापाबाट गत २५ चैतमा आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी असई शेर्पासहितको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो । यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २ जेठ २०८० मा सगरमाथा आरोहण गरेका थिए ।

Kamana Sewa

नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ ।

Classic Tech Desktop

प्रतिकृया