नागरिकलाई केन्द्रविन्दुमा राखी प्रहरी सेवा प्रवाह गर्न डिआईजी राजेन्द्र भट्टको निर्देशन
प्रकाशित मिति
२०८२ जेष्ठ ५ गते, सोमबार ०७:३३
काठमाडौं – लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र भट्टले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई जनमुखि प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन उक्त निरिक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै डिआईजी भट्टले बद्लिदो परिस्थिति अनुरुप आम नागरिकमा प्रहरी प्रतिको विश्वास एवं अपेक्षामा समेत वृद्धि हुँदै गएकाले प्रहरीले समेत नागरिकलाईनै केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्न निर्देशन गर्नुभयो ।

साथै सबै प्रकारका दण्डहिनताको अन्त्यको लागि कुनैपनि सामाजिक अपराधहरुले प्रश्रय पाउन नहुने बताउँदै यसप्रति सचेत भई जिल्ला अन्तर्गत हरेक नागरिकले प्रहरी सेवाको महसुस हुने गरि विशेष कार्ययोजनाका साथ प्रहरी परिचालन हुनुपर्नेमा समेत प्रहरी नायव महानिरीक्षक भट्टले जोड दिनुभयो ।




प्रतिकृया