• ४ असोज २०८३, आइतबार
  • ५ः३१ बेलुका

विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरीप्रतिको भरोसा बढ्दो छ- गृहमन्त्री लेखक

प्रकाशित मिति

२०८२ बैशाख १९ गते, शुक्रबार ०१:४४

वैशाख १९, २०८२ मनाङ : गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुदै गएको बताएका छन् ।

National Life

शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्दार र सिमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताए ।

“सीमा सुरक्षा, अपराध नियन्त्रणका साथै मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीको योगदान सह्रानीय छ । यही योगदानले सशस्त्र प्रहरी देश तथा विश्वका मानिसको भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौं ।” गृहमन्त्री लेखक भने, “ मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्दारमा सशस्त्रले सहयोग पु¥याउने गरी प्रशिक्षण दिएर उत्पादन गरेका प्रशिक्षार्थीले स्थानीयका साथै पर्यटकलाई पनि सहज हुनेछ ।”

Classic Tech Mobile
Classic Tech Desktop

विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकलाई सुरक्षित यात्रामा मद्दत पुग्ने उनको विश्वास छ । पर्यटन क्षेत्र देशको अर्थतन्त्रलाई वृद्धि गर्ने पाटो भएकाले सुरक्षित बनाउन आवश्यक रहेको मन्त्री लेखकको भनाई छ ।

“जोखिम मानिएको यस पदमार्गमा यात्रा गर्दा सुरक्षित छौं भन्ने आभास दिन सक्नुपर्ने हुन्छ”, लेखकले भने, “अब यहाँबाट दीक्षित सशस्त्र प्रहरीले जोखिमयुक्त हिमालमा यात्रा गर्ने पर्यटकलाई सुरक्षित बनाउन सक्नुपर्छ ।” विश्वको आकर्षणको केन्द्र बनेको मनाङलाई प्रवद्र्धन र सुरक्षित बनाउदै अझ पर्यटक आगमनलाई वृद्धि गर्नमा जोड दिनुपर्ने उनको भनाइ छ ।

सशस्त्र प्रहरीलाई अझ थप गुणस्तरीय र ऐतिहासिक बनाउन बजेटको व्यवस्थापन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च पहाडी र हिमाली क्षेत्रमा हुने गरेका विपद् तथा जोखिममा उद्दार तालिमले जिम्मेवारी थप भएको बताए । उनले जलको उद्दारलाई जसरी पर्वतीय उद्दारलाई प्राथमिकताका रुपमा अगाडी बढाउन आवश्यक रहेको औल्याए ।

शिक्षालयबाट ४५ जना सशस्त्र प्रहरी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, प्रतिनिधि सभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ्ग लगायतको उपस्थिति थियो ।

प्रतिकृया