जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
प्रकाशित मिति
२०८२ बैशाख १७ गते, बुधबार ०९:४७

वैशाख १७, २०८२ काठमाडौँ: काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदैछ ।
डा. सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नाउपाबीच आज एकता घोषणा हुन लागेको हो ।
आज दिउँसो ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकरण घोषणा कार्यक्रम गरिदै छ ।
एकतापछि बन्ने पार्टीको आम नागरिक जनमत पार्टी (नाजपा) हुने भएको छ । यसको अध्यक्षमा सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ रहने गरि सहमति भएको छ । त्यस्तै एकीकृत दलमा केन्द्रीय सदस्यहरू अहिले आ-आफ्नो दलमा रहेका आधा आधा राख्ने सहमति भएको छ ।
एकतापछि संघीय संसदमा जनमतका ६ र नागरिक उन्मुक्तिका ४ गरेर नाजपाको १० सिट हुनेछ । यो संख्या एकीकृत समाजवादीको बराबर हो र नाजपा संसदको छैटौं ठुलो शक्ति बन्ने भएको छ ।
प्रतिकृया