• 8:04 am

रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा

प्रकाशित मिति

२०८२ बैशाख १६ गते, मंगलवार ०२:२०

वैशाख १६, २०८२ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभए पनि राज्यले उनीहरूमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए । उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरेका थिए ।

प्रतिकृया