• ५ असोज २०८३, सोमबार
  • ५ः५५ बिहान

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार ०३:२५

चैत्र १९, २०८१ काठमाडौँ: उपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

National Life

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्डको औपचारिक भ्रमण र बैंककमा हुने बिमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन संवत् २०८१ चैत १९ गते थाइल्याण्डतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया