• ५ असोज २०८३, सोमबार
  • १ः३१ राती

प्रहरीको स्टाफ कलेजमा १७ डिएसपी मात्र उत्तीर्ण

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार ०३:१४

चैत्र १९, २०८१ काठमाडौँ: नेपाल प्रहरीको स्टाफ कलेजमा १७ जना डिएसपी मात्र उत्तीर्ण भएका छन्। ४० जनाको कोटा रहेकोमा न्यून मात्र उत्तीर्ण भएका हुन् । स्टाफ कलेजको प्रवेश परीक्षा एक सय ३० जनाले दिएका थिए । मंगलबार नजिता सार्वजनिक गरिएको हो ।

National Life

डिएसपीहरु कमल बेल्वासे, सूर्यबहादुर बोगटी, गोविन्द राउत, पुरुषोत्तम कार्की, आयुष प्रसाद जोशी, नरेशराज मल्ल, मुक्तिनाथ सापकोटा, ऋषिराम घर्तीमगर, टेकेन्द्र शर्मा पौडेल,सुवास भट्टराई, मिङमा शेपाए, दयाकृष्ण भट्ट, कमल बहादुर खड्का, हिरेन्द्रबहादुर रोकाया, ज्ञानबहादुर खड्का, विनोद कुमार सुनुवार र जनक पुरी उत्तीर्ण भएका हुन्।

नेपाल प्रहरीमा पहिलोपटक स्टाफ कलेज सुरु हुन लागेको हो । २०७० सालमा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु हुन लागेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो ब्याचका अधिकांश अधिकृत यसको विपक्षमा देखिएका छन् । अदालतमा समेत यसविरुद्ध रिट दायर भएकोमा अदाललते यो कोर्स सञ्चालनका लागि बाटो खोलेको थियो ।

हाल संसदमा पुगेको प्रहरी ऐनमा स्टाफ कलेज नगर्ने अधिकृतलाई एसएसपीभन्दा माथि बढुवा नगर्ने उल्लेख छ ।

प्रतिकृया