• ५ साउन २०८३, मंगलबार
  • ३:४४ बेलुका

अन्तरजातीय विवाहमा हस्तक्षेप गरेको आरोप खण्डन गर्दै नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गर्ने गृहमन्त्री लेखकको प्रतिबद्धता

प्रकाशित मिति

२०८१ माघ २४ गते, बिहीबार ०४:१५

माघ २४, २०८१ काठमाडौँ: गृहमन्त्री रमेश लेखकले सर्लाहीका सत्येन्द्र चमार र निहा रौनियारले अन्तरजातीय विवाहमा हस्तक्षेप गरेको आरोपको खण्डन गरेका छन् ।

बिहीबारको संसद् बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Kamana Sewa

उनले भने- ‘गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्ने कुरा सरासर कपोल्कल्पित हो। तत् सम्बन्धमा मैले नेपाल प्रहरीलाई निर्देशन दिएको छु । यद्यपि, यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुनअनुसार कारबाही हुन्छ ।’

Classic Tech Desktop

सर्लाहीका सत्येन्द्र चमार र निहा रौनियारले अन्तरजातीय विवाह गरेको तर, उनीहरूलाई गृहमन्त्रीकै निर्देशनमा दु:ख दिइएको भन्ने समाचार आएपछि आजैको संसद बैठकमा सांसदहरूले गृहमन्त्रीबाट जवाफ माग गरेका थिए ।

प्रतिकृया