• ६ असोज २०८३, मंगलबार
  • ९ः०३ बिहान

व्यवस्थापन समितिका अध्यक्ष सहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८१ माघ २१ गते, सोमबार ०२:२३

माघ २१, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार एवं गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा देउराली माध्यामिक विद्यालय, गुल्मीका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

National Life

विव्यस अध्यक्ष सापकोटाको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता गरेको अख्तियारको दाबी छ ।

‘कालिगण्डकी गाउँपालिका अन्तर्गत वडा नं. १ मा रहेको देउराली माध्यामिक विद्यालय, हर्मीचौर, गुल्मीको माध्यामिक तह (कक्षा ९–१०) को अङ्ग्रेजी, गणित वा विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आएको शिक्षण सिकाई अनुदानको रकम विद्यालयले “प्रचलित ऐन तथा नियमावलीमा उल्लेख भए अनुसारको विधि तथा प्रक्रियाको आधारमा नियुक्ति गर्नुपर्ने” मा शिक्षक छनौटको कुनै कानूनी प्रक्रिया पूरा नगरी बेपत्ता रहेको भनिएको व्यक्तिको शैक्षिक प्रमाणपत्र दुरुपयोग गरी नियुक्ति दिने कार्य गरेको, निजको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालिगण्डकी गाउँपालिका, गुल्मीमा पेस गरी गैरकानूनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुष्ठ तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखा परीक्षणसमेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएबाट उक्त कार्यमा संलग्न देहायबमोजिमका प्रतिवादीहरूलाई देहाय बमोजिमको कसुर तथा सजायको माग दाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप-पत्र दायर गरिएको छ, ‘अख्तियारको आरोप पत्रमा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया