• १७ भदौ २०८३, बुधबार
  • ४ः२७ बेलुका

महिला यू-१९ विश्वकपको प्लेअफमा नेपालले आज मलेसियाको सामना गर्दै

प्रकाशित मिति

२०८१ माघ ११ गते, शुक्रबार ०८:४८

माघ ११, २०८१ काठमाडौँ: जारी महिला यू-१९ टी-२० क्रिकेट विश्वकप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ । नेपाली समय अनुसार यो खेल अपराहन्न सवा १२ बजेदेखि शुरु हुदै छ ।

यसअघि समुह चरणमा बाहिरिएका नेपाल र आयोजक मलेसिया १३औ देखि १६औं स्थानसम्मको प्लेअफका लागि खेल्न लागेका हुन् । त्यस्तै अर्को प्लेअफमा पाकिस्तान र सामोआ पनि खेल्दै छ ।

Kamana Sewa

विश्वकपको सुपर सिक्सको समुह एकमा भारत, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, स्कटल्याण्ड र वेस्टइण्डिज रहेका छन् भने समुह २ मा दक्षिण अफ्रिका, इङल्याण्ड, अमेरिका, नाइजेरिया, आयरल्याण्ड र न्यूजील्याण्ड रहेका छन् ।

Classic Tech Desktop

समुह डी मा रहेको नेपालले तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।

विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ । नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

मलेसियामा जनवरी १८ देखि शुरु भएको यस विश्वकपमा १६ देशले भाग लिएका छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

प्रतिकृया