• ५ असोज २०८३, सोमबार
  • ६ः५४ बिहान

प्रभु बैंकको सञ्चालकमा ६ सदस्य निर्वाचित

प्रकाशित मिति

२०८१ माघ १ गते, मंगलवार ०४:५३

माघ १, २०८१ काठमाडौँ: प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सोमबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा बसेको बैठकले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८०र०८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको छ।

National Life

साथै, प्रभु बैंकका सहायक कम्पनीहरू प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको एकीकृत वित्तीय विवरणलाई पनि सभाले अनुमोदन गरेको छ।

वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरु सर्वसम्मत्बाट पारित भएका छन् । संस्थापक समूहतर्फ अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र बृष बहादुर बस्नेत र सर्वसाधारण समूहतर्फ सुरज कुमार श्रेष्ठ, राजु पौडेल र किशोरजङ्ग कार्की गरी ६ जना सञ्चालकहरु आगामी ४ वर्षको कार्यकालको लागि निर्वाचित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ७९ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, २८६ वटा एटिएम तथा ३११ वटा शाखा कार्यालयहरु सहित देशभर फैलिएको आफ्नो बैंकिङ्ग सञ्जालको माध्यमबाट ३५ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

प्रतिकृया