• 2:57 am

अमेरिकाको लस एन्जलसमा भिषण आगलागी

प्रकाशित मिति

२०८१ पुष २४ गते, बुधबार १०:१७

पुष २४, २०८१ काठमाडौँ: अमेरिकाको लस एन्जलस जंगलमा २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकालिएको बताएका छन् । यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा परेका छन् ।

सार्बजनिक भिडियोमा प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखिएको छ । यहाँ बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ ।

क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। यो आगलागि अझै फैलिने खतरा रहेको चेतावनी दिइएको छ ।

अहिले राहत र उद्धार कार्यमा राज्य सरकार र केन्द्र सरकार लागिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रतिकृया