• 2:23 am

राष्ट्रपतिद्वारा लगानी सहजीकरण गर्ने अध्यादेश जारी

प्रकाशित मिति

April 28, 2024

वैशाख १६, २०८१ काठमाडौँ: सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। अन्तर्राष्ट्रिय लगानीका लागि बाधक भएको प्रक्रियालाई सरल बजाउने भन्दै सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

सरकारले तेस्रो लगानी सम्मेलनअघि अध्यादेशमार्फत विभिन्न ९ वटा कानुनहरू संशोधन गरेको थियो । राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् बताएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संसदबाट भागेर अध्यादेश जारी गरिनु गैरजिम्मेवार काम गरेको ठहर गरेको छ।

प्रतिकृया