• 7:19 pm

रफाहामा आक्रमणको तयारी गरिरहेको इजरायली प्रधानमन्त्रीको भनाई

प्रकाशित मिति

March 21, 2024

चैत्र ८, २०८० काठमाडौँ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार गाजाको दक्षिणी सहर रफाहामा आक्रमणको तयारी भइरहेको बताएका छन् । तयारी भइरहे पनि आक्रमण सुरु गर्न केही समय लाग्ने उनले बताए ।

रफाहामा लगभग १।५ मिलियन विस्थापित प्यालेस्टाइनीले शरण लिएका छन् । गएको साता नेतान्याहूले प्यालेस्टाइनी कैदीको बदलामा बन्धकलाई रिहा गर्नेबारे हमासको मागलाई अस्वीकार गरेका थिए ।

प्रतिकृया