• 4:40 pm

इन्डोनेसियाको राष्ट्रपतीय निर्वाचनमा प्राबोवो सुब्यान्टो राष्ट्रपतिमा विजयी

प्रकाशित मिति

March 21, 2024

चैत्र ८, २०८० काठमाडौँ: इन्डोनेसियामा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपति पदका उमेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । देशको आमनिर्वाचन आयोग (केपीयू)ले बुधबार उनीहरूको जित घोषणा गरेको हो ।

आधिकारिक गणनाअनुसार प्रबोवो–जिब्रानले नौ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन् ।

जिब्रान भने सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुन् ।

प्रतिकृया