• 2:40 pm

सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ

प्रकाशित मिति

February 29, 2024

फागुन १७, २०८० काठमाडौँ: विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरोको निरन्तर निग्रानी तथा कार्वाहीको क्रममा अवैध लागु औषध कारोवार गर्ने व्यक्तिलाई लागु औषध सहित पक्राउ गरेकाे छ । निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको ब्युराेले जनाएकाे छ ।

लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले अवैध लागु औषधको कारोवार हुंदैछ भन्ने बिशेष सुचनाको आधारमा लागु औषध कारोवार गर्ने शंकास्पद ब्यक्तिलाई पछ्याउदै जाने क्रममा मिति २०८०।११।१६ गते राती ०२:०० बजेको समयमा जिल्ला काठमाडौ, गोकर्णेश्‍वर न.पा. वडा नं. ५ जम्मुडाँडा सडक किनारमा रोकी राखेको ना.८.ख. २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिट मुनिबाट चेक जाँच गर्ने क्रममा लागु औषध Codeine Phosphate & Triprolidine Hydrochloride Syrup (WINCEREX) ४७५ बोतल सहित जिल्ला सर्लाही, हरिवन न.पा., वडा नं. ३ ठेगाना भएका बर्ष ३४ को नविन मोक्तानलाई पक्राउ गरिएको हाे । साथै उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सवारी साधन ना.८.ख. २०२२ नम्वरको सेफ्टी ट्याङ्कर समेत बरामद गरि सो सम्वन्धमा थप अनुसन्धान भइरहेको ब्युराेले जनाएकाे छ ।

प्रतिकृया