हेटौंडा जोड्ने फाखेल– फर्पिङ सडकखण्ड आजदेखि दुई महिना बन्द
प्रकाशित मिति
२०८० पुष १६ गते, सोमबार ०९:३५
पुस १६, २०८० काठमाडौँ: मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि सो खण्ड दुई महिना बन्द हुने भएको छ ।
कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन १५ गतेसम्म यातायात आवागमन पूर्णरुपमा बन्द गरिएको हो ।
सो सडक खण्ड बन्द भएपछि वैकल्पिक मार्गका रुपमा हेटौंडा–भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो भएर काठमाडौंको थानकोट जाने बाटो तय गरिएको छ ।
वैकल्पिक मार्गका रूपमा हेटौंडाबाट काठमाडौं आउने हलुका सवारीसाधन सोही बैकल्पिक मार्गबाट गुड्न थालेका छन् ।
वैकल्पिक सडकका रूपमा काठमाडौंको चापागाउँ हुँदै कान्ति लोकपथबाट पनि हेटौंडा पुग्न सकिने छ ।
प्रतिकृया