• १७ भदौ २०८३, बुधबार
  • ४ः२७ बेलुका

के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार ११:१८

मंसिर २६, २०८० काठमाडौँ: आज मिति २०८० साल मङ्सीर २५ गते सोमबारका दिनबाट यस के.बि.एल सेक्यूरिटिज लिमिटेड (शेयर ब्रोकर नं ९४) ले औपचारीक रुपमा धितोपत्र कारोबार शुभारम्भ गरेको छ । कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष श्री अमिर प्रताप ज.ब.राणा ज्यूले यस कम्पनीको कारोबार शुभारम्भको उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति रहेको थियो ।

कारोबार सुभारम्भ गरे सँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न के.बि.एल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीज्यूले उल्लेख गर्नुभएको छ ।

Kamana Sewa

के.बि.एल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।

Classic Tech Desktop

प्रतिकृया