• ५ असोज २०८३, सोमबार
  • ३ः१८ राती

सर्वोच्च अदालतमा सिफरिस गरिने न्यायाधीशको नाम अन्तिम चरणमा, यी हुन् सम्भावित कानुन व्यवसायीको नाम

प्रकाशित मिति

२०८० भाद्र २६ गते, मंगलवार ०२:३९

भदौ २६, २०८० काठमाडौँ: सर्वोच्च अदालतमा रिक्त सबै न्यायाधीश पदमा नियुत्तिका लागि सिफरिस गरिने भएको छ । न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिने सातैजनाको नाम अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । स्रोतका अनुसार शुक्रबार न्यायपरिषदको बैठक बसेर नाम सिफारिस गर्ने तयारी छ ।

National Life

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीशको दरबन्दी छ । अहिले सर्वोच्चमा प्रधानन्यायाधीशसहित १४ जना न्यायाधीश मात्र छन् । ७ जना न्यायाधीशको दरबन्दी रिक्त छ। यीमध्ये एक दरबन्दीमा उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मालाई सिफरिस गरिसकिएको छ ।


न्यायपरिषदले शुक्रबार बैठक बसेर बाँकी ६ जना न्यायाधीश नियुक्तिका लागि सिफरिस गर्ने तयारी गरेको छ । यसका लागि नामको छनौट लगभग अन्तिम चरणमा पुगेको छ । विशेष सूत्रका अनुसार सर्वोच्च अदालतमा दुई जना न्यायाधीश नियुक्तिको लागि कानुन व्यवसायमा ३० वर्षभन्दा बढी अनुभव भएका आफ्नो क्षेत्रमा विज्ञ नेपालका चर्चित कानुन व्यवसायीहरु डा. दिनेश त्रिपाठी, राजेश काफ्ले, रमेश बडाल, सुनिल कुमार पोखरेल र यदुनाथ खनालको नाम अगाडि आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि नाम सिफारिस गर्ने तयारी सुरु भएपछि अहिलेका महान्यायाधीवक्ता दीनमणि पोखरेलले आफू नियुक्त हुने धेरै प्रयास गरेका थिए ।


स्रोतका अनुसार उनले यसका लागि न्यायपरिषदका सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठलाई मनाएका पनि थिए तर प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, बरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कानुनमन्त्री धनराज गुरुङले साथ नदिएपछि उनको प्रयास सफल हुन नसकेको स्रोतको दाबी छ । यस्तै उच्च अदालत पाटनका कयममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश टेकप्रसाद ढुंगाना पनि सर्वोच्च जान लालायित थिए ।

प्रतिकृया