सीटिइभिटीद्वारा निःशुल्क अध्ययनको लागि आवेदन फाराम भर्न सूचना जारी
प्रकाशित मिति
२०८० श्रावण २३ गते, मंगलवार ०१:५९

२३ श्रावण २०८०, काठमाडौँ: प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० वटा स्थानीय तहका छात्रछात्राहरुबाट निश्चित कोटामा प्रि डिप्लोमा तहमा ८० जना र डिप्लोमा तहमा १२० जना गरी जम्मा २०० जनाको लागि निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नको लागि योग्य नेपाली नागरिकहरुबाट प्रवेश परिक्षाको आवेदन फर्म भर्न सम्बन्धित सबैलाई सूचित गरेको छ ।
प्रि डिप्लोमा तहको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यतामा मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ भने डिप्लोमा तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषय लिई एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण वा परिषद्बाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित प्राविधिक एस.एल.सी/प्रि डिप्लोमा तहको कुल पूर्णाकंमा ६८.३३ प्रतिशत अंक प्राप्त गरि उत्तीर्ण गरेको हुनुपर्नेछ ।
आवेदन फाराम वितरण मिति २०८० श्रावण २३ गतेदेखि हुनेछ भने फाराम बुझाउने अन्तिम मिति २०८० भाद्र ०८ गते सम्म रहेको छ । आवेदनको फारामको शुल्क लाग्नेछैन भने प्रवेश परीक्षा संचालन हुने मिति २०८० भाद्र १६ गते शनिवार बिहान ११ः०० बजे रहेको छ । आवेदन फराम परिषदको वेभसाइट www.ctevtexam.org.np बाट डाउनलोड गरि प्राप्त गर्न सकिनेछ ।
प्रतिकृया