• ५ असोज २०८३, सोमबार
  • ८ः२० बिहान

६०० विद्यार्थीलाई आवासीय सुविधा सहितको निःशुल्क प्राविधिक शिक्षा दिदै सिटिईभिटी

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार ०१:५४

२३ श्रावण २०८०, काठमाडौँ:  प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बाट ८० वटा स्थानीयका लागि निःशुल्क प्राविधिक शिक्षाका लागि आवेदन खुला गरेको छ।प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका सो स्थानिय तहाँबाट २०० जना छात्रछात्राहरुका लागि विभिन्न ५ बटा कार्यक्रममा निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि सिटिईभिटीले आवेदन खुला गरिएको हो।

National Life

नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका स्थानीय तहका छात्रछात्राहरुलाई लक्षित गर्दै परिषद्, परीक्षा नियन्त्रण कार्यालयले आवेदन खुला गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक श्री प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो।

परीक्षा नियन्त्रक आचार्यका अनुसार सिटिईभिटीले चालु वर्ष प्रि-डिप्लोमा तहका विभिन्न २ कार्यक्रमहरुमा ८० जना र डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न ३ बटा कार्यक्रमहरुमा १२० जना गरी जम्मा २०० जनालाई आवाशिय सुविधा सहितको निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

४०० जनालाई आवासीय सुविधा सहितको निःशुल्क प्राविधिक शिक्षा

त्यस्तै सिटिईभिटीले हरेका वर्ष दलित, मुस्लिम, बिपन्न र सिमान्तकृत समुदायका छात्रछात्रहरुलाई वि. स. २०६६ साल देखि निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउँदै आएको छ । यसै अनुरुप पनि निःशुल्क प्राविधिक शिक्षा अध्ययनका लागि सो समुदायका प्रि-डिप्लोमा तहमा १२० जना र डिप्लोमा तथा प्रमाणपत्र तहमा २८० जनालाई प्राविधिक शिक्षामा आवाशिय सुविधा सहित निःशुल्क प्राविधिक शिक्षा अध्ययन गराउने सिटिईभिटीले जनाएको छ।

बिपन्न र सिमान्तिकृत भन्नाले हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पिडित/सहिद/जनआन्दोलन घाइते परिवारलाई समेत समावेश गरीएको छ।अध्ययनका क्रममा विद्यार्थीहरुलाई निर्वाह भत्ता बापत प्रति महिना रु ३५००.०० यातायत खर्च बापत प्रतिवर्ष १५००.०० पोशाक खर्च वापत प्रति बर्ष २५००.०० तथा अध्ययन अवधिभर निशूल्क छात्रावासको व्यवस्था गरिएको परीक्षा नियन्त्रक श्री आचार्यले बताउनु भयो ।

प्रतिकृया