तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही
प्रकाशित मिति
२०८० श्रावण २२ गते, सोमबार ०४:२०

२२ श्रावण २०८०, काठमाडौँ: नेपाल राष्ट्र बैंकले नियम मिच्ने ३ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। केन्द्रीय बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो ।
प्राइम कमर्सियल बैंकलाई अन्य शीर्षकमा तथा कुमारी बैंक र हिमालयन बैंकलाई कर्जारनिक्षेप अनुपात कायम नगरेकोमा केन्द्रीय बैंकले २ करोड रुपैयाँ जरिवना तिराएको छ । कुमारी बैंकले २०७९ माघ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेको भन्दै ५९ लाख ६३ हजार ६९४.२२ रुपैयाँ जरिवाना तिराइएको हो ।
यस्तै हिमालय बैंकले पनि ०७९ कात्तिक महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेपछि १ करोड ३९ लाख ४७ हजार २८.२४ रुपैयाँ जरिवाना गरिएको छ । कर्जा नोक्सानीको व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं. १५/०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेको भन्दै प्राइम कमर्सियलका सीईओलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।
प्रतिकृया