पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, घरबाटै पक्राउ

प्रकाशित मिति

२०८० श्रावण २१ गते, आईतवार १०:५२

imran khan e1645595324878

२१ श्रावण २०८०, काठमाडौँ: पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई तोशाखाना भ्रष्टाचार प्रकरणमा अदालतले दोषी ठहर गरेपछि प्रहरीले लाहोरस्थित घरबाटै उनलाई पक्राउ गरेको हो ।

उनलाई इस्लामावादको एक अदालतले तोशाखानाबाट गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । पाकिस्तानको निर्वाचन आयोगका अनुसार यो फैसलासँगै उनी आगामी पाँच वर्ष चुनाव लड्न पाउने छैनन् ।

खानको पार्टी पीटीआईले फैसला पक्षपातपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिने जनाएको छ ।

प्रतिकृया