पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय, घरबाटै पक्राउ
प्रकाशित मिति
२०८० श्रावण २१ गते, आईतवार १०:५२
२१ श्रावण २०८०, काठमाडौँ: पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई तोशाखाना भ्रष्टाचार प्रकरणमा अदालतले दोषी ठहर गरेपछि प्रहरीले लाहोरस्थित घरबाटै उनलाई पक्राउ गरेको हो ।
उनलाई इस्लामावादको एक अदालतले तोशाखानाबाट गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । पाकिस्तानको निर्वाचन आयोगका अनुसार यो फैसलासँगै उनी आगामी पाँच वर्ष चुनाव लड्न पाउने छैनन् ।
खानको पार्टी पीटीआईले फैसला पक्षपातपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिने जनाएको छ ।
Related
Recent News
- सन नेपाल लाइफद्वारा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता
- प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया