• ५ असोज २०८३, सोमबार
  • ११ः५४ बिहान

मन्त्री मोदीद्वारा राष्ट्रिय किताबखानामा आकस्मिक अनुगमन

प्रकाशित मिति

२०८० श्रावण ४ गते, बिहीबार ०४:५२

४ श्रावण २०८०, काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले राष्ट्रिय किताबखाना (निजामती)मा छड्के अनुगमन गरेका छन् । बिहीबार बिहान १० बजे मन्त्री मोदी छड्के अनुगमनका लागि राष्ट्रिय किताबखाना पुगेका हुन् । किताबखानामा मन्त्री मोदीको यो दोश्रोपटकको छड्के अनुगमन हो ।

National Life

मन्त्री मोदीले यसअघि मन्त्रालयमा पनि ४ पटकपटक आकस्मिक अनुगमन गरेका थिए । त्यसअघि दुईपटक उनले निजामती कर्मचारी अस्पतालको पनि आकस्मिक अनुगमन गरिसकेका छन् ।


अनुगमनका क्रममा मन्त्री मोदीले कार्यालयका सेवा प्रवाहका सबै कक्षको अनुगमन गरेका थिए । उनले कर्मचारीहरु समयमा कर्यालयमा हाजिर भएका छन् कि छैनन्, कार्यकक्षमा कर्मचारीहरु छन् कि छैनन् ? लगायतका विषयमा समेत चासो राखेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अनुगमनका क्रममा आफूले खोज्दा नभेटिएका कर्मचारीहरुको हाजिरीमा आफूले कैफियत् जनाउने गरेको बताउँदै मन्त्री मोदीले भने, ‘अनुगमनको क्रममा कार्यकक्षमा नभेटिएपछि केही न केही कारबाही त गर्नु नै पर्छ, मैले कैफियत जनाउने गरेको छु ।’ उनले आफ्नो लागि सबै दर्जाका कर्मचारी समान भएकाले साना कर्मचारीलाई पाखा र ठूलालाई काखा राख्ने काम आफूबाट नहुने समेत प्रष्ट पारे ।


उनले मन्त्रालयमा बिहान १० बजे र साँझ ५ बजे इ–हाजिरी गर्ने अनिवार्य व्यवस्था मिलाएको स्मरण गराउँदै किताबखानाले पनि यो विषयमा ध्यान दिन निर्देशन दिए ।

प्रतिकृया