• ५ असोज २०८३, सोमबार
  • ११ः०९ बिहान

परराष्ट्रमन्त्री साउदले बैँककमा भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

प्रकाशित मिति

२०८० श्रावण १ गते, सोमबार ०४:४९

१ श्रावण २०८०, काठमाडौँ: परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयंशकरबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा दुई समकक्षीबीच वार्ता भएको हो ।

National Life

बैंककमा भएको बिम्स्टेकका विदेशमन्त्रीहरुको दुई दिने बैठकका क्रममा भएको ‘साइडलाइन’ वार्ता उपलब्धिमूलक भएको दुवै पक्षले जनाएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षीसँगको वार्तालाई फलदायी भनेका छन्।‘नेपालका विदेशमन्त्री नारायण प्रकाश साउदसँग राम्रो भेटवार्ता भएको छ । हाम्रो नेतृत्वद्वारा निर्धारित सहयोगका एजेन्डा लागू गर्न मिलेर काम गर्ने कुरामा हामीले सहमति जनाएका छौँ’,जयशंकरले भनेका छन् ।


उनले भेटवार्तापछि नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको पनि बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया