• ५ असोज २०८३, सोमबार
  • ३ः१४ राती

सरकारले नै उखुलाई उधारो बाली बनाईदियो : सांसद सिंह

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार १२:०६

जेठ ७, २०८०, काठमाडाैं : स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारले उखुलाई उधारो बाली बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले भने–‘हामीले बच्चैदेखि पढेको र सुनेको के हो भने उखु नगदी बाली हो, तर सरकारले यसलाई उधारो बाली बनाईदिएको छ ।’

National Life

उनले सरकारले किसानलाई समयमै मल र विउ नदिएको आरोप लगाए । अहिले किसानले आफ्नै मेहनतले उत्पादन गरेको उखुलाई सरकारले उधारोमा लट्काईदिएको आरोप लगाए । उनले भने,‘सरकारको ध्यान जाओस, उखु किसानको पेमेन्ट हुनुपर्छ । वर्षात् आउन थाल्यो । अब धान बाली लगाउने बेला भएको छ । पैसा नभएपछि किसानले कसरी धान बाली लगाउन सक्छ ?’

प्रतिकृया