• १७ भदौ २०८३, बुधबार
  • ३ः२६ दिउँसो

ट्रायल सेन्टरबाट १ जना नक्कली परीक्षार्थी ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार १२:४८

१४ वैशाख २०८०, काठमाडौँ : नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने १ जनालाई बुधवार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ घर भएका २८ वर्षीय राजेश शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलिले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरबाट धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुईपाङ्गे सवारी साधनको ट्रायल दिदै गरेको अवस्थामा शाहीलाई फेला पारेको थियो ।नियन्त्रणमा आएका शाहीलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बौद्ध पठाइएको छ । अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

Kamana Sewa

यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उहाँले बताउनुभयो ।

Classic Tech Desktop

प्रतिकृया