• 4:01 pm

युनिग्लोब कलेजको आयोजनामा ११ औं युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन शुरु

प्रकाशित मिति

२०८० बैशाख ६ गते, बुधबार ०३:०८

६ वैशाख २०८०, काठमाडौँ: युनिग्लोब कलेजको ११ औं अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन शुरु भएको छ । कार्यक्रमको उदघाटन सेरेमोनियन ल्याम्प बालेर पोखरा विश्वविद्यालयका भाइस चान्सलर प्रो. डा. प्रेम नारायण अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य युनिग्लोब कलेजका प्रिन्सीपल डा. नर बहादुर विष्टले गर्नुभएको थियो ।


बुधबारबाट शुरु भएको उक्त सम्मेलनमा देश विदेशबाट विद्धान व्यक्तिहरुको उपस्थिति रहेको छ । कार्यक्रम आज र भोलि गरी दुई दिन सम्म चल्नेछ ।


यस वर्षको सम्मेलनमा अनलाइन र अफलाइन गरेर १५ जना विदेशी डेलिगेट्स भएको कलेजका म्यानेजर मीन बहादुर विष्टले बताए । उनले अगाडि भने, “सम्मेलनमा ८ वटा टेक्निकल सत्र चल्ने र हरेक टेक्निकल सत्रमा ५० देखि ७० वटा पेपरहरु प्रस्तुत गरिनेछ । हरेक टेक्निकल सत्र विभिन्न समयमा समानान्तर रुपमा चल्दछ । आज उद्घाटन सत्र भयो भने भोलि ३ वटा टेक्निकल सत्र चल्नेछ ।” पोखरा विश्वविद्यालयका रजिष्ट्रार, भीसी, डीन उक्त कार्यक्रममा उपस्थिति भएको उनले बताए । उनले भने, “अमेरिकाबाट अनलाइनबाट एकजनाले बोल्नुभयो, बंगलादेश र फिनल्याण्डबाट बोल्नुभयो भने फिनल्याण्डबाट १ जना प्रोफेसर पनि आउनु भएको छ ।” उनले अगाडि बताए, “साँझमा सांस्कृतिक कार्यक्रम हुन्छ । डेढ घण्टा जतिको कार्यक्रम छ र २० वटा जति प्रस्तुति छ । यसको नामै सांस्कृतिक कार्यक्रम भएकोले विदेशबाट आएकालाई नेपालको संस्कृति कस्तो छ भनेर सांस्कृतिक भेषभुषा लगाएर प्रस्तुति दिने हो ।”


त्यसैगरी मातृभूमिन्यूजसँग कुरा गर्दै युनिग्लोब कलेजका एकाडेमिक निर्देशक राधेश्याम प्रधानले भने, “युनिग्लोब कलेजमा स्थापनाकालदेखि नै हामी अन्तर्राष्ट्रिय सम्मेलन गर्दछौं । यसमा नेपाली रिसर्चर मात्र होइन कि बाहिरका डिग्नीटरिज र रिसर्चरहरु पनि आउँछन् । उनीहरु रिसर्च पेपरहरु लिएर आउँछन् र एक्सपर्टको रुपमा काम गर्दछन् । त्यसैगरी युनिग्लोबका विद्यार्थीहरुले पनि रिसर्च पेपरहरु प्रस्तुति गर्दछन् । साथै युनिग्लोब बाहिरका विभिन्न कलेजहरु, संस्थाहरुबाट रिसर्च पेपर प्रस्तुत गर्न इच्छुकहरुले रिसर्च पेपर डेभलप गरेर प्रस्तुति दिन्छन् । विकसित देशहरुमा हेर्ने हो भने publish or perish भन्छ या त प्रकाशन गर्नुस् वा नष्ट हुनुस्, तपाई टिचिङमा फीट छैन किनभने academic institutions are supposed to develop the theory। जबसम्म हामीले रिसर्च गर्दैनौ हामीले थ्योरी विकास गर्न सक्दैनौ । Business are changing and we are required to  come up with new theory. हामीले अग्रणी भूमिका निर्वाह गर्ने कोशिस गरेका छौं । हामीले हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्दछौं । हरेक वर्ष २०० देखि ३०० वटा पेपरहरु प्रस्तुत हुन्छ । हरेक वर्ष ५०० देखि ६०० रिसर्चरहरु आउँछन्, सहभागिता जनाउँछन् र प्रस्तुति दिन्छन् ।


हामीले ३ करोड नेपालीलाई रिसर्च सिकाउन सक्दैनौ तर कमसेकम ५०० देखि ६०० रिसर्चहरु उत्पादन गर्न हामी सक्षम भएका छौं र पछि गएर तिनीहरु नै एम्बेसडर हुने हुन् र तिनीहरुले पनि यस्तै रिसर्चरहरु जन्माउँछन् । यसरी हामीले अनुसन्धानलाई अगाडि बढाएका छौं । अहिले अनलाईन आउने विदेशी १५ जना हुनुहुन्छ भने भौतिक रुपमा आउनुहुने १५ जना हुनुहुन्छ । सबैगरी ३० जनाले पेपर प्रस्तुति गर्दछन् । हामीले यो राम्रो प्लेटफर्म विकास गर्न सकेका छौं नेपालीहरुका लागि । नेपालीहरु विदेशीसँग अन्र्तक्रिया गर्दछन्, सुन्दछन् र उहाँहरुसँग नेटवर्क बनाउँछन् । त्यो नेटवर्कको फाइदा कति लिने भन्ने कुरा हाम्रै नेपालीमा भर पर्दछ । विदेशी प्रोफेसरको पावर धेरै हुन्छ । उहाँहरुलाई कन्भिन्स गर्न सक्यो भने छात्रवृत्ति पनि पाइन्छ ।”

प्रतिकृया