• १० असोज २०८३, शनिबार
  • १२ः२७ राती

एभरेष्ट बैंक र क्विक फक्सबीच सम्झौता

प्रकाशित मिति

२०७९ फाल्गुन ७ गते, आईतवार ०४:५८

७ फागुन २०७९, काठमाडौँ: एभरेष्ट बैंकले आफ्नो विभिन्न बैंकिंग सेवाहरु प्रदान गर्ने कार्यहरु अटोमेशन गर्नको लागि क्वीक फक्स कन्सल्टीङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेशनको यात्रा शुरु गरेको छ। योसँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ। ‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्नो अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ।

National Life

बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकले जनाएको छ।


बैंकका हालसम्म १३ लाखभन्दा बढी ग्राहक छन्। देशैभर बैंकका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ उपलब्ध छन्। त्यस्तै ३० वटा राजस्व संकलन केन्द्रमा पनि बैंकले सेवा दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया