• १० असोज २०८३, शनिबार
  • १२ः१५ राती

मोबाइल पसल लुटपाट र तोडफोडको सबै क्षतिपूर्ति सरकारले दिनुपर्ने

प्रकाशित मिति

२०७९ फाल्गुन २ गते, मंगलवार ०३:१५

२ फागुन, २०७९, काठमाडौँ:  नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ। मंगलबार महासंघले नयाँ बसपार्कमा ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार गोंगबु नयाँ बसपार्कको ल्होत्से मलमा भएको यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।

National Life

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीहरुका माग सम्बोधन नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिए। उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बस्नुले व्यवसायीहरुको पक्षमा सरकार नदेखिएको आरोप लगाए।


उनले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले दिनुपर्ने बताए। उनले सरकारले पसल लुटपाट गर्नेहरुको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरे। अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया