• 12:26 am

जानौं तातो पानी पिउँदा हुने यसका फाइदा र बेफाइदा

प्रकाशित मिति

January 18, 2023

४ माघ २०७९, एजेन्सी : तातो वा मनतातो पानी पिउनु शरीरका लागि फाइदाजनक छ । तर यसको धेरै सेवनले शरीरलाई नोक्सान पुर्‍याउन पनि सक्छ । तातो पानी पिउँदा पाचन प्रक्रिया देखि लिएर अन्य गम्भीर समस्याहरु समाधान हुन्छ ।


मनतातो पानीले पाचनतन्त्रलाई बलियो बनाउने काम गर्छ । त्यस्ता व्यक्ति जो कब्जीयत तथा अपचको समस्या झेलिरहेका छन् उनीहरुका लागि तातो पानी रामवाण हो ।


हाई कोलेस्ट्रोलको समस्यामा पनि तातो पानी पिउनु फाइदाजनक मानिन्छ । स्वस्थ व्यक्तिको शरीरमा कोलेस्ट्रोलको मात्रा २०० मिलीग्राम प्रति डीएल भन्दा धेरै हुनु हुँदैन । यो भन्दा धेरै कोलेस्ट्रोलको मात्रालाई हाई कोलेस्ट्रोल भनिन्छ । यसबाट छुट्कारा पाउनका लागि नियमित रुपमा मनतातो पानी पिउनु फाइदाजनक मानिन्छ ।


आरोग्य हेल्थ सेन्टरका आयुर्वेदाचार्य डा. एस के पान्डेयका अनुसार तातो पानी पिउँदा तपाईंको शरीर डिटक्सीफाइ हुन्छ र शरीरमा मौजुद विषाक्त पदार्थ बाहिर निस्कन्छ । धेरै अस्वस्थ खानपिन र तैलीय चीजहरु खाँदा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न थाल्छ । जसकारण शरीरमा रक्तसञ्चार तथा रक्तचाप प्रभावित हुन्छ ।


तातो पानी पिउनाले रक्तनलीहरुमा पाइने लिपिड्सलाई कम गर्छ जसले गर्दा कोलेस्ट्रोल कम गर्न फाइदा पुग्छ ।

तातो पानी पिउनुका अन्य फाइदा

  • शरीरमा रक्तसञ्चार सही हुन्छ ।
  • शरीरमा मेटाबोलिज्म बुस्ट गर्छ ।
  • तौल कम गर्न फाइदाजनक हुन्छ ।
  • कब्जीयत तथा पाचनसँग जोडिएका समस्यामा फाइदा गर्छ ।
  • तातो वा मनतातो पानीको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । दिनहुँ बिहानको समयमा तातो पानी पिउँदा धेरै फाइदा हुन्छ ।

तर ध्यान दिनुहोला एकदमै धेरै तातो पानीको सेवनले शरीरलाई हानी गर्छ । हाई कोलेस्ट्रोललाई तातो पानीले नै ठिक गर्छ भन्ने हुँदैन यस्तो समस्या आएमा पहिला डाक्टरसँग सल्लाह लिनु नै उचित हुन्छ ।

प्रतिकृया